November 10th, 2016

ग्लोबल आईएमई बैंकका अध्यक्ष र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशकबीच भेटघाट

imageग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसनबीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको छ । भेटघाट कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लगायत पनि उपस्थित थिए । 

इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायिक सुझावहरु प्रदान गर्दै आइरहेको छ ।