नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरु नयाँ नेपाल लघुवित्त, नेरुडे लघुवित्त र स्वाबलम्बन लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
नयाँ नेपाल लघुवित्त विकास बैंक : नयाँ नेपाल लघु वित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ४ लाख रुपैयाँ नोक्सानमा रहेको नयाँ नेपालले चालू आर्थिक वर्षमा उल्लेख्य प्रगती गरेको हो ।
२ करोड रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको खुद व्याज आम्दानी शुन्य दशमलव ५० प्रतिशतले घटेर ४१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको सञ्चालन ६ लाख रुपैयाँ नोक्सानमा थियो । असोज मसान्तसम्ममा लघुवित्तले निक्षेपमा ६ दशमलव ५६ प्रतिशतले वृद्धि गरी ४ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । यसबाट लघुवित्तले कर्जातर्फ १५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ ।
जगेडाकोषमा १ करोड २७ लाख रुपैयाँ राखेको बैंकको निष्कृय कर्जा ६ दशमलव ६७ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १९ दशमलव ९७ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३ सय २१ दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६३ दशमलव ७६ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०४ प्रतिशत रहेको छ ।
नेरुडे लघुवित्त विकास बैंक : नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ दशमलव ८३ प्रतिशत बढी नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा नेरुडेले ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी २५ दशमलव ४५ प्रतिशत बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७४ दशमलव ५७ प्रतिशतले बढेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा गत आवको असोज मसान्तको तुलनामा २७ दशमलव ८५ प्रतिशतले वृद्धि गरी ८५ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ४२ दशमलव १६ प्रतिशतले बढाएर २ अर्ब ४० करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकले प्रोभिजनमा ४८ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९५ प्रतिशत र ११ दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी ७ दशमलव ८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २ सय ४९ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २२ दशमलव ८१ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ६० प्रतिशत रहेको छ ।
स्वावलम्बन लघुवित्त विकास बैक : स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ४७ प्रतिशतले कम नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा बैंकले ७ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकले निक्षेपमा गत आवको असोज मसान्तको तुलनामा ३९ दशमलव १७ प्रतिशतले वृद्धि गरी ३ अर्ब १५ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । साथै, कर्जातर्फ ६ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १४ दशमलव ५ प्रतिशतले बढेर २२ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव २७ प्रतिशतले बढेर ११ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा २२ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृर्य कर्जा शुन्य दशमलव ८७ प्रतिशत र जोखिम युत्त सम्पत्ति १३ दशमलव ४० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९० दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ३९ रुपैयाँ र तरलता अनुपात १९ प्रतिशत रहेको छ ।