नेपाल एसबिआई बैंक लिमिटेडले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोे छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १७ दशमलव २४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एसबिआईले ३० करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।
३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको खुद व्याज आम्दानी २२ दशमलव २१ प्रतिशतले बढेर ६९ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २१ दशमलव ६५ प्रतिशतले वृद्धि भई ५३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेपमा २७ दशमलव ६९ प्रतिशतले वृद्धि गरी ६८ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ संकलन गर्न बैंक सफल सफल भएको छ । सो अवधिमा कर्जातर्फ पनि बैंकले ३१ दशमलव ४२ प्रतिशत बढाएर ५२ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।
तीन महिनाको अवधिमा एक करोड रुपैयाँ राइट ब्याक गरेको बैंकको निष्कृय कर्जा शुन्य दशमलब ०७ प्रतिशतले घटेर शुन्य दशमलव ११ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति १ दशमलव ४४ प्रतिशतले घटेर १२ दशमलव ८९ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा ६ करोड ८३ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५३ दशमलव ०४ गुणा, नेटवर्थ १ सय ८८ दशमलव ७९ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३४ प्रतिशत रहेको छ ।