नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरु नमस्ते वित्तीय संस्था लिमिटेड र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् । जसअनुसार, दुबै संस्थाले नाफामा उल्लेख्य वृद्धि गरेको देखिन्छ ।
नमस्ते वित्तीय संस्था लिमिटेड : नमस्ते वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफामा ८ दशमलव ९० प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नमस्तेले २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
४ करोड रुपैयाँ चुक्ता पूँजी भएको नमस्ते वित्तीय संस्थाले जगेडाकोषमा १ करोड ११ लाख रुपैयाँ राखेको छ । संस्थाको खुद व्याज आम्दानी १५ दशमलव ५७ प्रतिशतले बढेर ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८ दशमलव ९१ प्रतिशतले बढेर ४२ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा निक्षेपमा २३ दशमलव ०८ प्रतिशतले वृद्धि गरी ३७ करोड ९९ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जातर्फ २६ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ ।
हाल संस्थाको निस्कृय कर्जा शुन्य दशमलव ९१ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १६ दशमलव ८६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव १९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २३ दशमलव ९४ रुपैयाँ र तरलता अनुपात ४७ दशमलव ०८ प्रतिशत रहेको छ ।
२० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा २ करोड ३१ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ८० दशमलव ७८ प्रतिशतले बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यता, संचालन मुनाफा भने १२ दशमलव १८ प्रतिशतले घटेर ३७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, गत वर्षको तुलनामा निक्षेप १ सय ७१ दशमलव ६९ प्रतिशतले बढाउन बैंक सफल भएको छ । असोज मसान्तसम्ममा बैंकले ११ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपसँगै बैंकले कर्जा परिचालन पनि बढाएको छ । असोज मसान्तसम्ममा बैंकले कर्जातर्फ ५१ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ सय १ दशमलव ३० प्रतिशतले बढी हो ।
बैंकको निष्कृय कर्जा १ दशमलव ७ प्रतिशतले घटेर १ दशमलव २७ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति ३ दशमलव ४८ प्रतिशतले घटेर ८ दशमलव ६३ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी वार्षिक ६२ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५३ दशमलव ७७ गुणा, तरलता अनुपात ३१ प्रतिशत र प्रतिशेयर नेटवर्थ २ सय १५ रुपैयाँ रहेको छ ।