Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बजारमा आयो सिद्धार्थ बैंकको ‘पीओएस मेशिन’  

२०७३ कार्तिक २३ गते

सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पीओएक मेशिनहरु बजारमा ल्याएको छ । पीओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सक्निे छन् । त्यसैले अब तपाईले नगद बिना नै सामान तथा सेवा खरिद गर्न सक्नुहुनेछ । 
हाल निश्चित केहि बैंकहरुले मात्र यस किसिमको सेवा प्रदान गरिरहेको हुँदा सिद्धार्थ बैंकले प्रदान गर्ने यस सेवाबाट ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।  

sbl-image

ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाको प्रयोग र अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्न बैंकले देशका १०० भन्दा बढी विभिन्न स्थानहरुमा पीओएस मेशिन राखिसकेको र थप स्थानहरुमा पीओएस मेशिन राख्ने प्रकृयामा रहेको जनाएको छ । पीर्आएस मेशिन राख्न इच्छुक संस्थाले सिद्धार्थ बैंकको नजिकैको शाखामा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।