November 4th, 2016

पश्चिम नेपालमा सकियो एनएमबी बैंकको ‘एक घर एक खाता’ अभियान, अब पूर्वाञ्चलमा

nmb-bankएनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान पूर्वाञ्चलमा सुरु गरेको छ । गत साउन महिनादेखि थालेको अभियान पश्चिम नेपालमा सकेर अब पूर्वमा थालेको बैंकले जनाएको छ । इटहरीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै बैंकले यस्तो जानकारी दिएको हो । 

पूर्वमा इटहरी, लेटाङ, पथरी, उर्लाबारी, दमक, झिलझिले र भद्रपुरमा एक घर एक खाता योजना सञ्चालन गरिने बैंकले जनाएको छ । यी स्थानमा योजना सञ्चालन गर्दा अभियानको प्रवद्र्धक नेपाली चलचित्रका नायक राजेश हमाललले खाताको महत्वको बारेमा प्रष्ट पारि खाता खोल्न प्रेरित गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका सीईओ उपेन्द्र पौडेलले वित्तीय प्रणालीबाटै कारोबार गर्न, वित्तीय साक्षरता वृद्धि गर्न र बचत गर्ने बानीको विकास गर्न योजना ल्याइएको बताए । उनले भने, “बचत नगर्दा अहिले विदेशबाट कमाएर पठाएको पैसा दुरुपयोग हुने गरेकाले वित्तीय संस्थाबाटै कारोबार गर्ने बानी बसाल्न अभियान थालिएको हो ।”