लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७३÷७४ को पहिलो त्रैमाशमा २ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ४० दशमलव ७८ प्रतिशतले बढी नाफा कमाएको हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
११ करोड रुपैयाँ चुक्ता पूँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा ९ करोड ५७ लाख रुपैयाँ राखेको छ । यो अवधिसम्ममा संस्थाले गत आवको तुलनामा ७९ दशमलव ६९ प्रतिशतले बढाएर १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ८१ दशमलव ८२ प्रतिशतले बढेर ५ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ सय ४० दशमलव ८० प्रतिशतले वृद्धि भई ३ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २६ लाख ७४ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।
कम्पनीको जोखिमयुक्त सम्पति १२ दशमलव ५१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ३० प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९० दशमलव ४५ रुपैयाँ (वार्षि्किकरण), मूल्य आम्दानीको अनुपात १९ दशलमव १० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८७ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात १४ दशमल ०२ प्रतिशत रहेको छ ।