Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शनिबार ‘लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता’ हुँदै

२०७३ कार्तिक १८ गते

golfलक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । १८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३४ हेन्डिक्यापक आधारमा हुनेछ । प्रतियोगितामा सिनियर महिला पुरुष तथा जुनियर महिला पुरुष गरि १०० जना खेलाडीको सहभागिता रहनेछ । बिजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै १० नम्बर होलमा होल इन वान गर्ने खेलाडिले हुन्डाइको इयोन गाडि पुरस्कार जित्नेछन् । यस्तै बेस्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट बर्डिजले पनि पुरस्कार पाउने छन् ।  

नेपाली क्लब फुटबलमा ए डिभिजन क्लबलाई प्रायोजन गर्दै आएका लक्ष्मी बैंकले पहिलोपटक गल्फ प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लबमा हुने छ ।

लक्ष्मी बैंकले मनाङ्ग मस्र्याङ्दी क्लबलाई प्रायोजन गर्दै आएको छ । नेपाली खेलकुदले खेल प्रेमीमा एकता, अनुशासन र आत्मीयतालाई प्रोत्साहन गर्न खेलकुदमा आबद्द हुँदै आएको बैंकले जनाएको छ ।