Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२१.९० प्रतिशत वोनश शेयर वितरण गर्दै फेवा विकास बैँक

२०७२ फाल्गुन २३ गते

fewa bikas bankफेवा विकास वैकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको २१.९० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैँकको संचालक समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय नेपाल राण्ट्रबैकवाट स्वीकृत भई वैकको आठौंं बार्षिक साधारण सभावाट पारित भए पछि लागु हुने बैँकले जनाएको छ । वोनस शेयर वितरणपछि बैंकको कुल चूक्तापूजी रु ९९ करोड पचास लाख पुग्ने छ ।

आ.व. २०७२/७३ को दोस्रो त्रैमासमा बैँकले रु. १७ करोड ३३ लाख संचालन मुनाफा गरेको थियो । सोही अवधिमा निक्षेपमा गत आषाढ मसान्तको तुलनामा रु १ अर्ब १६ करोडले वृद्धी भइ रु. १० अर्ब ५३ करोड पुगेको बताइएको छ । कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा रु ७३ करोडले वृद्धी भइ रु.८ अर्ब ८४ करोड पुगेको छ । निष्कृय कर्जाको मात्राअत्यन्तै न्यून रहेको बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

गत असार २८ गतेदेखि पोखराका दुई वित्तीय संस्थाहरु विश्व विकास वैक लिं र फेवा फाइनान्स लिं एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ । बैँकको केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय रहेका छन् । बैँकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS ATM, SMS बैकिङ्गसेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यास सेवा,प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवातथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेकोथापाले जानकारी गराए । साथै, न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको उनले बताए ।