Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन

२०८० बैशाख ४ गते

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण छ । आईएमएफले  बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको हो। आईएमएफका अनुसार विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्छ।

गत जनवरीमा आईएमएफले २.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। गत मार्चमा दुई अमेरिकी बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछि र स्विजरल्यान्डको क्रेडिट सुइस बैंक पनि संकटमा परेपछि विश्वव्यापी रुपमा ठूलो आर्थिक संकट आउनसक्ने त्रास छाएको आईएमएफको प्रतिवेदनमा उल्लेख छ।

विश्वभर मुद्रास्फीति उच्च हुनु र ब्याजदरमा वृद्धि हुने तथा युक्रेन–रुस युद्धको आपूर्ति शृंखला प्रभावित आर्थिक संकट भइरहेको थियो। योसँगै बैंकिङ क्षेत्रमा पनि संकट बढेपछि आर्थिक वृद्धिदरमा अनिश्चितता बढेको आईएमएफको निष्कर्ष छ।