प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो त्रैमाशमा २० लाख ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत वर्षको तुलनामा ७३.४० प्रतिशतले बढी नाफा गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रोग्रेसिभ फाइनान्सले ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले २५ लाख ५६ हजार रुपैयाँ जगेडा कोषमा राखेको जनाएो छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७०.६६ प्रतिशतले वृद्धि गरी ५१ करोड ९२ लाख रुपैयाँ संकलन गरेको कम्पनीले कर्जामा ५५ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।
फाइनान्सको खुद व्याज आम्दानी ११०.०५ प्रतिशतले बढेर ५६ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १८ लाख ५७ हजार रुपैयाँ राखेको फाइनान्सको जोखिमयुक्त सम्पत्ति ३२.८४ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७ पैसा (वार्षिक) रहेको छ ।



