Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पाकिस्तानको मुद्रास्फीति ३५.४ प्रतिशतले वृद्धि

२०७९ चैत्र १९ गते
तस्विर:एएफपी

बैंकिङ खबर/ पाकिस्तानको मुद्रास्फीति ३५.४ प्रतिशतले वृद्धि भएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई)ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो । मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस)का मोहम्मद मजहरले बताए।

पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ। फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ।

सन् १९६५ को जुलाईयता मार्चमहिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानका अत्यधिक मुद्रास्फीति मापन गरिएको छ। उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ।

गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पु¥याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन्।