मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा ९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत वर्षको तुलनामा ४५.३९ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
८३ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ६० करोड ३१ लाख रुपैयाँ राखेको छ । बैंकले कर्जातर्फ ५७ दशमलव ०३ प्रतिशतले बढाएर ११ अर्ब ४४ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४५ दशमलव ३४ प्रतिशतले बढेर २१ करोड २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७ दशमलव ३० प्रतिशतले वृद्धि भई १४ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ५१ लाख रुपैयाँ राखेको जनाएको छ ।
बैंकको जोखिमयुक्त सम्पति १२.७७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ०.१८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.३३ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात ३२.७४ गुणा, प्रतिशेयर नेटवर्थ १५७.५४ रुपैयाँ र तरलता अनुपात २१.३७ प्रतिशत रहेको छ ।
सांग्रिलाको नाफा चार करोड ४३ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा ३८.८६ प्रतिशतले बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासिक अवधिमा ३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
१ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ८२ करोड ८५ लाख रुपैयाँ राखेको छ । कर्जातर्फ ५६.५७ प्रतिशतले बढाएरर ९ अर्ब ८० करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६३.२० प्रतिशतले बढेर ५१ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९१ दशमलव ९० प्रतिशतले वृद्धि भई १४ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४ करोड १२ लाख रुपैयाँ राखिएको छ । बैंकको जोखिम ुक्त सम्पति १३.२० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ०.३७ प्रतिशतले बढेको छ ।



