March 26th, 2023

कर्जाको ब्याजदरः कुन बैंकको कति ?

बैंकिङ खबर/हाल सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिइ रहेको छ । यस बैंकले न्यूनतम १४.२९ देखि १६.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । चालू आवको माघमा बैंकको आधारदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ । माघमा बैंकको कर्जा सबैभन्दा सस्तो देखिएको छ।
दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा सस्तो देखिएको छ । चालू आवको माघ मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ९.८६ प्रतिशत छ । बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ ।

तेसो सस्तो ब्याजदर भएको बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकको आधार दर ९.८६ प्रतिशत छ। यसमा बैंकले ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेको छ। जसकारण अन्य वाणिज्य बैंकहरुभन्दा नेपाल बैंकको कर्जा सस्तो छ। फागुनमा बैंकर्स संघले कर्जाको लिने प्रिमियम दर घटाउने निर्णय गरेको थियो । तर, प्रिमियम दर १ प्रतिशत प्रिमियम घटाउने निर्णय कार्यान्वयन आएको छैन ।

प्रिमियम दर घटाउँदा चैतमा कर्जाको ब्याजदर यसै पनि घट्ने थियो । चैतसम्म अधिकांश बैंकले ५ प्रतिशत नै प्रिमियम तोकेर कर्जा प्रवाह समेत गरिरहेका छन् । केही बैंकहरुले ६ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंकको आधार दर ११ प्रतिशतमाथि छ ।

सबैभन्दा महँगो कर्जा सनराइज बैंकको छ । बैंकको फागुनमा तय गरेको आधार दर ११.४९ प्रतिशत छ । सोही आधारदरमा बैंकले ५ प्रतिशत प्रिमियम तोकर कर्जा प्रवाह गर्दै आइरहेको छ । सिटिजन्स बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले ११.२२ प्रतिशत, माछापुच्छ्रे बैंकले ११.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.३४ प्रतिशत र प्रभु बैंकको ११.२१ प्रतिशत आधार दरमा प्रिमियम तय गरी कर्जा प्रभाव गरिरहेका छन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]