एनएमबि बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि बिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सोमबार हस्ताक्षर गरे । सम्झौताअनुसार, बुम रेमिट्यान्सले एनएमबि बैंकको सुलभ रेमिटको लागि युएई (दुबई) र कुबेतमा बजार प्रवद्घन गर्नेछ । साथै, अन्य देशहरुमा समेत आवश्यकता अनुसार बजार बिस्तार एवम् प्रर्वद्घन गर्नेछ ।
एनएमबि बैंकको सुलभ रेमिट र बुम रेमिट बिच आधिकारीक एजेन्टको सम्झौता पनि भएको छ । एनएमबि बैंक र बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ८,००० वटा भन्दा बढि ऐजेन्टहरु छन् ।



