Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकतृमा हरि बहादुर बुढाथोकी नियुक्त

२०७९ चैत्र १ गते

बैंकिङ खबर/ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकतृमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी बहन गर्दे आएका बुढाथोकीलाई चैत्र १ गते देखि कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग करिव डेढ दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ्ग क्षेत्रको लामो अनुभव सम्हालेका बुढाथोकीले ग्राहक वर्ग, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

पोखरामा ८, न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले शाखा कार्यालयहरुमार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहँदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।