२०७३ कार्तिक ८ गते

माछापूछ्रे बैंकले ल्यायो ‘भिसा डलर प्रिपेड कार्ड’, बैदेशिक भ्रमणमा जानेलाई सुविधा

maxapuxreमाछापुच्छ्रे बैंकले भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ । बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि यो कार्ड प्रयोगमा ल्याएको हो । भुटान तथा भारत बाहेकका देशमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा यो कार्ड सजिलै चलाउन सकिने बैंकले जनाएको छ । उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमासम्म भुटान र भारत बाहेकका तेस्रो मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ । नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा यो कार्डलाई सहज रुपमा प्रयोग गर्न सकिने बैंकको दाबी छ ।