सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा २७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोा छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनाभन्दा ५३ दशमलव ५९ प्रतिशतले बढी नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा सानिमाले १७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो
५ अर्ब २७ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको सानिमा बैंकले जगेडा कोषमा १ अर्ब ०९ करोड ०१ लाख रुपैयाँ राखेको छ । बैंकले कर्जातर्फ ४७ दशमलव ०५ प्रतिशतले बढाएर ४४ अर्ब ६० करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६४ दशमलव २१ प्रतिशतले बढेर ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६७ दशमलव ७२ प्रतिशतले वृद्धि भई ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६ करोड ५३ लाख रुपैयाँ राखेको जनाएको छ । चालू आवको पहिलो तीन महिनामा सानिमा बैंक १४ लाख ४२ हजार रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
हाल बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव ०३ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० दशमलव १९ (वार्षिक) रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३२ दशलमव २९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव २४ रुपैयाँ र तरलता अनुपात २५ दशमल २६ प्रतिशत रहेको छ ।