२०७३ कार्तिक ७ गते

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’, निक्षेपमा आकर्षक प्रतिफल  

logoग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७.५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सिद्धार्थ १८० दिने मुद्दती खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा र आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको यस नयाँ मुद्दती योजनावाट बढिभन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।