बुम रेमिट्यान्स प्रा.लि र सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड बिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरे । सम्झौताअनुसार, अब बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना शाखाहरु मार्फत भुक्तानी गर्नेछ । साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषणको भुक्तानी गर्ने कार्य गर्नका लागि समेत सम्झौता भएको छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । छिटै नै मलेशिया, कोरिया, जापान, क्यानडा, अष्टे«लिया, युरोप, इजरायल, मालदिभ्स, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने योजना कम्पनीको छ ।
बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । साथै, बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको छ ।



