Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

‘सरकारी क्याम्पस’ले जन्माएको  डेपुटी गर्भनर : ‘रियल फेस’ मा चिन्तामणी सिवाकोटी  

२०७२ फाल्गुन २१ गते

DSCN9946हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका चिन्तामणी सिवाकोटी २०४४ सालमा प्रधान सहायक (नासु स्तर) पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । उनले नेपालबाट एमविए तथा अमेरिकाबाट फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन् । उनीले कानुन विषयमा स्नातक पनि गरेका छन् । इटलीमा माइक्रो फाइनान्सको वोल्डर ट्रेनिङ लिएका उनले निरिक्षक र सुपरिवेक्षक सम्बन्धि कोरियाबाट तालिम लिएका छन् । माइक्रो फाइनान्समा वढी विज्ञता रहेका उनको सुपरिवेक्षण, विदेशी विनिमयमा अनुभव छ । २०२२ साल साउन ६ गते तेह्रथुममा जन्मिएका चिन्तामणीले कक्षा १ देखि कक्षा ४ सम्म तेह्रथुममै पढेका थिए । पछि उनको परिवार मोरङको अमरदहमा बसाईसरेका कारण मोरङकै पब्लिक माध्यमिक विद्यालयबाट उनले प्रथम श्रेणीमा एसएलसी उर्तिण गरे । प्लस टु सम्मको पढाई मोरङको महेन्द्र विद्या आश्रममा सकेपछि  २०४३ सालमा उनी उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरेका थिए । स्नातक तह र स्नातकोत्तरको पढाइ काठमाडौंको नेपाल कमर्स क्याम्पस मिनभवनबाट पूरा गरेका थिए । सरकारी क्षेत्रमा काम गर्न रुची राख्ने उनले व्यवस्थापन पढ्दापढ्दै खरीदार र सुब्बामा नाम निकाले । त्यो भन्दा अघि उनले स्नातक तह पढ्दा पढ्दै १ बर्ष शिक्षक पेशा र त्रिविमा १ बर्ष लेखापालको रुपमा काम गरिसकेका थिए । उनी प्रधान सहायक (नासु स्तर) बाट २०४४ सालमा नेपाल राष्ट्र बैंक छिरेका हुन् । सरकारी सेवामा नाम निकालेपछि उनलाई थप सफलता मिल्न थाल्यो । २०५८ सालमा उनले सयूक्त राज्य अमेरिकामा बसेर व्यवस्थापन विषयमा स्नातकोत्तर गरे । त्यसको अलवा उनले विएल र एलएलवी पनि गरेका छन् । जसले यतिबेला एउटा सफल उचाई प्राप्त गर्दै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्ने शौभाग्य पाए ।