Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

admin २०७३ कार्तिक ३ गते
सेयर:

नेपाल राष्ट्र बैंकले बुधबार एक अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अधिक तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि उक्त रिभर्स रिपो जारी गर्न लागेको हो । दिउँसो ३ बजे जारी हुने उक्त रिभर्स रिपो खरिदमा क, ख र ग वर्गका वित्तीय संस्थाले भाग लिन पाउनेछन् । सात दिने अवधिको उक्त रिभर्सरिपो अनलाइन बिडिङ सिस्टममार्फत खरिद गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । रिभर्स रिपोको सावाँ र व्याज भुक्तानी आगामी बुधबार हुनेछ ।

ripo

अनलाइन बोलकबोलका लागि यहाँ क्लिक गर्नुहोस् । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।