२०७३ कार्तिक २ गते

कर्पोरेट क्रिकेट बुधबारदेखि : १३ बैंकको सहभागीता

corporate-cricketतेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट बुधबारदेखि सुरु हुने भएको छ । एसएस इभेन्टस् प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । प्रतियोगितामा १९ टिमको सहभागीता रहनेछ । सहभागी टोलीमा १३ बैंक, १ मिडिया हाउस र ५ कर्पोरेट हाउस रहेको बताइएको छ । 

सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा माछापुच्छ्रे बैंक, प्रभु बैंक र नविल बैंक, समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, एनएमबी बैंक, एनआईसी एसिया बैंक र सेन्चुरी बैंक, समूह ‘सी’ मा निम्बस, कान्तिपुर मिडिया ग्रुप र ज्योति विकास बैंक तथा समूह ‘डी’ मा मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक छन् । त्यस्तै, समूह ‘इ’ मा सिप्रदी, नेपाल टेलिकम र रुस्लान क्रिकेट समूह ‘एफ’ मा दुई वर्षअघि पहिलो संस्करणको विजेता सिभिल बैंक, सुबिसु र नेपाल एसबीआई बैंक छन् । त्यसबाट समूह विजेता टोली सोझै प्रिक्वाटरफाइनल पुग्नेछ । त्यस्तै ६ समूहको उत्कृष्ट दुई उपविजेता टोली पनि नकआउट चरण पुग्नेछन् । 

प्रतियोगितामा टीभी अम्पायर र टीभी रिप्ले पनि राखिएको छ । गत वर्ष सिप्रदीले नविल बैंकलाई हराएर प्रतियोगिता जितेको थियो । सेन्चुरी बैंकले प्रतियोगितालाई तेस्रो वर्ष प्रायोजन गर्दै छ । राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेल प्रतियोगिताका ब्रान्ड एम्बासडर हुन् ।