२०७३ कार्तिक १ गते

भिबोर सोसाईटी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

boom-viborभिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । यससँगै अब बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तान गरिने भएको छ । साथै बुम रेमीट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता समेत भएको छ । 

हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएकोछ । आन्तरिक संजाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संजाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको प्रबन्ध निर्देशक पन्तले बताए । उनका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिट हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ्ग साक्षरता कार्यक्रम गर्दै आएको समेत पन्तले जानकारी गराए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाउनुपर्ने उनको धारणा छ ।