December 15th, 2022

अर्थतन्त्र सुधारउन्मुख, शोधानान्तर स्थिति २० अर्ब रुपैयाँले बचतमा

बैंकिङ खबर/ नेपालको आर्थिकस्थिति सुधार हुँदै गइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार आएको देखिएको छ ।

कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा रहेको छ । चालु खाता घाटाको तथ्याङ्कमा पनि सुधार आएको छ । पोहोरको कात्तिकमा चालु खाता दुई खर्ब २० अर्ब रुपैयाँले घाटामा रहेकोमा अहिले ३५ अर्ब ४० करोड रुपैयाँ घाटामा रहेको छ ।

यस्तै विदेशी विनिमयको सञ्चितिमा पनि सुधार हुँदै गएको छ । गएको असारमा १२ खर्ब १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा कात्तिकमा साढे दुई प्रतिशतले वृद्धि भइ १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति एक प्रतिशतले बढेर नौ अर्ब ६३ करोड कायम भएको छ । असोजमा नौ अर्ब ४८ करोड डलर सञ्चिति रहेको थियो । यस्तै विप्रेषण (रेमिट्यान्स) पनि २० दशमलव ४ प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2079.80

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]