पछिल्लो समय नेपाल राष्ट्र बैँकले कृषिमा सहुलियत कर्जा प्रदान गर्नका लागि अन्य बैँक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । कृषि क्षेत्रमा बैँकिङ लगानी विस्तारका लागि विभिन्न पहलहरु भइरहेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैँकले डेनमार्क सरकारको सहयोगमा उन्नति प्रोजेक्ट नामक पञ्चवर्षिय परियोजना सुरु गरेको छ । त्यस्तै, ग्रामीण अर्थतन्त्र सुधारका लािग लघुवित्तहरु सञ्चालनमा आएका छन् । यसैबिच, कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सुरु गरिएको उन्नति प्रोजेक्ट, नेपालमा लघुवित्तको अवस्था र यसको मह्त्वलगायतका विषयमा आधारित रहेर बैँकिङ खबर डट कमका लागि सहकर्मी अनिता आचार्यले नेपाल राष्ट्र बैँकका लघुवित्त प्रवद्र्धन विभाग प्रमुख विनोद आत्रेयसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
उन्नती प्रोजेक्ट : कृषिलाई पोत्साहन गर्न
‘उन्नती’ प्रोजेक्ट डेनमार्क सरकारको सहयोगमा सञ्चालित परियोजना हो । २ वर्षदेखि निरन्तर रुपमा पोजेक्ट सञ्चालन भईरहेको छ । यो पञ्चवर्षिय योजना हो । यसका ३ वटा आधारभुत कम्पोनेन्टहरु छन् । पहिलो कम्पोनेन्ट भनेको पूर्वका ७ वटा जिल्लाहरुमा कृषिलाईलाई पोत्साहन गरेर कृषिका ४ वटा प्रोडक्ट अदुवा अलैँची, डेरी पोडक्ट र ‘टि’ का क्षेत्रमा बैंक तथा वित्तिय क्षेत्रहरुलाई सबल बनाउने, उनिहरुलाई सक्षम बनाउने, कृषकहरुलाई कर्जा प्रवाह गर्ने, पुर्वका ७ वटा जिल्लाका कृषक दाजुभाई तथा दिदीबहिनीको जिवनस्तर सुधार गर्नको लागि सहयोग पु¥याउने उद्येश्यले सुरु गरिएको पोजेक्ट हो । परियोजनाको मुख्य लक्ष्य ‘एमएमफोर’ को कार्यक्रम सफल बनाएर अन्य कार्यक्रम अघि बढाउनुका साथै २ सय ५० को ‘क्लाईन्ट’ संख्यालाई बढाउने नै हो । केन्याको उपलब्धी नेपालको लागि एउटा गतिलो उदाहरण हो । केन्यामा एउटा डिभाईसको रुपमा रहेको मोबाईलको प्रयोग गरेर दैनिक जीवनयापनको कामहरु गरिन्छ । त्यस्तै हाम्रो नेपालमा पनि प्रविधिलाई आत्मसाथ गरेर वित्तिय साक्षरताको लागि वा त्यससँग सम्बन्धित चेतनास्तर बृद्धिमा लागिपर्नु जरुरी भईसकेको छ । तेस्रो परियोजनाको रुपमा चाहिँ ‘मेप सर्वे’ भनिन्छ । यो भनेको माग र आपूर्तिको साईडका कुराहरु उल्लेख गरिन्छन् । यसमा छलफल गर्ने तथा ग्राहकको दृष्टिकोणबाट हेर्ने पाटोको कुराहरु जस्तै ‘पेमेन्ट’ कर्जा ईनस्योरेन्स लगायतका पाटोहरु ‘डिमान्ड साईडमा’ आउँछन् भने ‘सप्लाई साईडमा’ बैंक तथा वित्तिय संस्थाहरुको अवधारणा अनुसार ‘रेगुलेटरी’ कठिनाईहरु के छन् भन्ने कुराहरु, भौगोलिक अवस्था नियम कानुनको कुराहरु पनि सप्लाईड साईड अन्र्तगत आउँछ । नेपालमा वित्तिय पहुँच अभिबृद्धि गर्नको लागि साना तथा मझौला तथा साना आय भएका कृषकहरुलाई सहयोग पु¥याउनको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग पु¥याउने कामहरु यसबाट गर्न सकिन्छ । हाल उनिहरुको प्रविधिलाई विस्तार गर्ने र बैंकसँग आबद्ध भएर कारोबार गर्ने वातावारण मिलाउने काम भईरहेको छ । हामीले १३ वटा बैंकसँग रणनीतिक रुपमा पोजेक्टले पार्टनरसिप गरेका छौँ । ती बैंकले पूर्वका ७ जिल्लामा हरेक वर्ष के कस्ता कामहरु गर्ने भन्ने बारेमा हामीले विभिन्न प्रविधिसम्बन्धि जानकारी दिइरहेका छौँ । यसका लागि, बैंक तथा वित्तिय संस्थाको वार्षिक कार्ययोजना बनाएर अघि बढाएका छौँ । यो परियोजना अन्र्तगत ‘च्यालेञ्ज फण्ड’ खडा गरेका छौँ । यसअन्र्तगत बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न पोजेक्टहरु ल्याउन भनिरहेको अवस्था छ । हाम्रो ‘टार्गेट’ भनेको नै बैंक तथा वित्तिय संस्थालाई सक्षम बनाएर उनिहरुले कृषकहरुलाई सर्पोट गरुन् भन्ने हाम्रो उद्येश्य हो । कृषकहरुलाई सुविधा दिने काम पनि विस्तारै बैंकहरुले फलो गरिरहेको अवस्था छ ।
यो हो, लघुवित्त
लघुवित्त भनेको सानो परियोजना हो । यसको अर्थ गरिबीको रेखाखुनी रहेका वा न्यून आय भएका व्यक्तिहरुलाई उनिहरुलाई आयमुलक क्षेत्रमा परिचालन तथा जीविकोपार्जन गर्नसक्ने आयमुलक काममा लगाउने काम गर्ने र उनिहरुलाई जीवनस्तर सुधार्ने काममा परिचालन गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तिय संस्थाहरुलाई ३ लाखसम्म विनाकर्जा धितो दिने र ७ लाखसम्म धितो लिएर कर्जा दिने व्यवस्था छ । अमाउण्टको हिसाबले हेर्ने हो भने ३ लाखभन्दा तलका कर्जाहरु ७ लाखसम्म धितो लिएर राखिएको कर्जालाई मान्ने गरिएको छ । तर यसको सर्वोपरि ‘भ्याल्यू’लाई हेर्ने हो भने ग्रामीण स्तरका जनता र तिनको लागि हामीले पु¥याउने सहयोगका ईकाईहरुलाई लघुवित्त भनिन्छ ।
नेपालमा लघुवित्तको अवस्था
सरसर्ति हेर्दा नेपालमा लघुवित्तको अवस्था सन्तोषजनक नै छ । यद्यपी ‘डिमाण्ड साईज अफ फाईनान्सियल ईन्क्लुजन’जुन हामीले गरेका छौँ । त्यसले पनि ४० प्रतिशत जनताहरुसम्म लघुवित्त सेवा पुगेको छ । र त्यो बैंकको कारणले सम्भव भएको हो । सहकारी र औपचारीक प्रक्रियाबाट २१ प्रतिशत जनताले सेवा पाएका छन् । समग्रमा ६१ प्रतिशत जनताले औपचारीक र बैंकिङ सेक्टरबाट सुविधा लिएर भन्ने हाम्रो अध्ययनले देखाएको छ । यसबाट हेर्दा के देखिन्छ भने, कमसेकम ६१ प्रतिशत जनताले औपचारीक रुपमा बैंकको पहुँचमा आफुलाई पु¥याएका छन् । अन्य देशको तुलनामा यो उल्लेख्य प्रगति हो भन्ने देखिन्छ । अधिकाशं जनताहरु अनौपचारीक स्रोतबाट चलिरहेका छन् भन्ने पनि यो तथ्यांकले देखाएको छ । त्यसकारण अझैपनि लघुवित्तको प्रभावकारी कार्यान्वयन गर्न बाँकि भईरहेको अवस्था यसका चुनौतिहरु अझै छन् भन्ने कुरा बुझ्न सकिन्छ । हामीले हालसम्म पनि ग्रामीण क्षेत्रको पूँजी तथा लगानीको वातावरणबारे बुझ्न सकेका छैनौँ । नेपाल सरकार वा सरकारी गैरसरकारी क्षेत्रबाट पनि वित्तिय साक्षरताको कार्यक्रम गाउँगाउँमा पु¥याउन जरुरी भईसकेको छ । बैंक भनेको के हो, लगानी किन गर्नुपर्छ, लगायतका कुराहरु गाउँस्तरसम्म पु¥याउनको लागि पनि समस्या छ ।
वित्तिय साक्षरता गाउँमा केन्द्रित छैनन्
नेपाल कृषि प्रधान देश हो । अधिकाशं कृषि कर्म गर्ने व्यक्ति गाउँमा बसेका हुन्छन् । वा सबै उद्यमीहरु सहरकेन्द्रित छन् भन्ने पनि हँुदैन । त्यसकारणले सहरको तुलनामा वित्तिय साक्षरतादेखि लघुवित्तका कार्यक्रमहरु गाउँकेन्द्रित गर्नुपर्ने नै हो । यद्यपी हाल नेपालमा भन्ने सबै कार्यक्रमहरु सहर केन्द्रित भएका छन् । यसअर्थ स्कुल, यातायात, स्वास्थ्य लगायतका पूर्वाधारको व्यापक रुपमा विकास भईरहेको वर्तमान परिप्रेक्ष्यमा वित्तिय साक्षरताका कार्यक्रम सहर र गाउँ दुवै थरीका आम मानिसलाई आवश्यकता परेको छ । वित्तिय साक्षरता कायक्रम एटिएम, एटिमका फ्रड कामहरुको के–के हुन् ? त्यस्तै, ब्याजदरका प्रतिशतका कुराहरु हुन सक्छन् । ग्रामीण स्तरका जनताको अन्य पाटोहरु जस्तै बैंक भनेको के हो, किन आवश्यक छ ? कस्तो प्रकारका बैंकहरुले के गर्छन् ? चेक के हो, चेकको प्रयोग कसरी गर्ने जस्ता पाटोहरु पनि आउँछन् । हुण्डिसँग सकेसम्म कारोबार नगर्नुस् भन्ने कुराहरु पनि यसअन्र्तगत आउँछ । फर्मल बैकिङ सिस्टममा कारोबार गर्नुपर्छ भन्ने जस्ता कुराहरु पनि सिकाउन आवश्यक छ ।
ग्रामीण अर्थतन्त्रका लागि लघुवित्त
हामीले हाल सञ्चालन गरेका कार्यक्रमहरु अलिबढि मात्रामा सहर केन्द्रित भएका हुन् कि भन्ने भान परिरहेको छ । यद्यपी हामीले ल्याउने विभिन्न आर्थिक उपार्जनका लागि भनिएका कार्यक्रमहरु ग्रामीण विकास केन्द्रित हुन आवश्यक छ । किनभने ग्रामीण आर्यआर्जन तथा त्यहाँको जीवनस्तर हामीले सोचेको भन्दा धेरै कठिनाई र चुनौतिले भरिएको छ । यसअर्थ लघुवित्त कार्यक्रमले गाउँको अर्थतन्त्रलाई माथि उकास्नको लागि पनि टेवा पु¥याउँछ । लघुवित्तको अवधारणा पनि यहि कुराबाट आएको हो । लागत धेरै लाग्ने भएकोले ठूला र कमर्शियल बैंकहरु गाउँमा जान सकेका छैनन् । लागत धेरै हुने तथा लगानीको क्षेत्र वा काम गर्ने क्षेत्र सानो हुने भएकाले ती बैंकहरु त्यतापट्टि आकर्षीत भएका हुन् । तर नेपाल राष्ट्र बैंकले त्यसलाई सुधार्नको लागि विभिन्न योजनाहरु अघि सारेको छ । कर्म्शियल बैंकहरुले सहरमा शाखा खोल्न परेको खण्डमा ग्रामीण स्तरमा दुईवटा शाखा स्थापना गरेपछि मात्रै शहरमा शाखा खोलेको पाईन्छ । अर्को पक्ष भनेको ग्रामीण स्तरमा पूँजी परिचालन गर्नको लागि सहकारी तथा लघुवित्त विकास कम्पनिहरुले धेरै सहयोग पु¥याएका छन् । यसकारण पनि लघुवित्त विकास बैंकहरुले पनि धेरै सेवा पु¥याएका छन् ।
नेपालमा अहिले ४३ वटा लघुवित्त विकास बैंकहरु छन् । उनिहरुले ग्राहकको घर दैलोमा गएर सेवा दिईरहेका हुन्छन् । ग्रामीण स्तरमा सकेसम्म पूँजी पनि पुगोस् भन्ने हाम्रो चाहना हो ।