२०८२ कार्तिक ९ गते

रेमिट्यान्सको भरमा अर्थतन्त्र, भित्री सूचक सुस्तः डा.चिरञ्जीवी नेपाल (भिडियोसहित)

डा.चिरञ्जीवी नेपाल
पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

नेपाल अहिले आर्थिक र वित्तीय संकटको घेरामा छ । देशभित्र उद्योग धन्दा ठप्प छन्, उत्पादन र रोजगारी सीमित छन्, तर बाह्य क्षेत्रमा रेमिटेन्स निरन्तर प्रवेश भइरहेका छन् । १६ महिनामा करिब २८ सय १८ अर्ब रुपैयाँ रेमिटेन्स आएका छन्, जुन रकमले नेपाली नागरिकको जीवनयापन त सम्भव बनाउँछ, तर अर्थतन्त्रमा अपेक्षित गतिशीलता ल्याउन भने असफल भएको छ ।

देशको वर्तमान आर्थिक अवस्था मुख्यतः उद्योग र व्यापार क्षेत्र कमजोर हुँदा, लगानीकर्तामा आत्मविश्वासको अभाव भएको कारण जटिल बनेको छ । धेरै व्यवसायीहरू आफ्नो पुँजी विदेश पठाउने वा नयाँ लगानी गर्न हिचकिचाइरहेका छन् । यसले गर्दा मुलुकको भित्री अर्थतन्त्र सुस्त भएको छ ।

रेमिटेन्सको प्रभाव र उद्योगको असफलता

नेपालको बाह्य क्षेत्र, रेमिट्यान्स र विदेशी कमाइमा आधारित छ । तर भित्री उद्योगहरू ध्वस्त छन्, चलिरहेका उद्योगहरूमा पर्याप्त लगानी र समर्थन नभएकाले, उत्पादन र रोजगारी सिर्जना गर्न असमर्थ छन् । यसले गर्दा व्यापारिक वातावरणमा अनिश्चितता छाएको छ। व्यवसायीहरू कहिले बाहिर जाऔँ, के गरौँ भन्ने सोचमा विचलित छन् ।
देशभित्र बसेका मानिसहरू बिछिप्त मानसिक अवस्थामा छन् । यस्तो अवस्थाले केवल आर्थिक पक्षमा नभई सामाजिक मनोबलमा पनि प्रभाव पारेको छ ।

हेर्नुहोस् भिडियो