लक्ष्मी बैंक लिमिटेडले प्रोफोशनल दियालो विकास बैंक लिमिटेडलाई खरिद गर्ने भएको छ । सञ्चालक समितिले गरेको उक्त प्रस्ताव पारित गर्नका लागि बैंकले आगामी कात्तिक ७ गते साधारणसभा बोलाएको छ ।
सभामा बैंकले प्रोफेशनल दियालोलाई खरिद गरेपश्चात् कायम हुन आउने पुँजीबाट शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत लग्दैछ । बैंकको यसअघिको वार्षिक साधारणले हाल कायम रहेको पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
हाल लक्ष्मी बैंकको चुक्तापुँजी तीन अर्ब तीन करोड रुपैयाँ छ । उक्त पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी छ अर्ब छ करोड रुपैयाँ पुग्नेछ । २४ करोड रुपैयाँ पुँजी रहेको १० जिल्ले प्रोफोशनल दियालो विकास बैंकलाई खरिद गरेपछि बैंकको चुक्तापुँजी सवा छ करोड रुपैयाँ नाघ्नेछ ।