Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्डबाट सम्मानित

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/  विश्व प्रख्यात ब्रान्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्ड प्राप्त गरेको छ।

भिसाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी थिइन्। बैंकले विगतका वर्षहरुदेखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ।

हिमालयन बैंक नेपालको एकमात्र बैंक हो। जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ। विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्रान्डहरु आफ्नो एटीएम, पीओएस तथा ई–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको छ।

बैंकले प्रदान गरेको विशिष्टीकृत सेवामा आबद्ध भई कार्ड एक्वाइरिङ बिजनेस गरिरहेका मर्चेन्ट, शुभेच्छुक एवं ग्राहकमा यो सम्मान समर्पित गर्दै बैंकले यसै महिनाभित्र डाइनर्स-डिस्कभर ब्रान्डको स्वीकार्य थप गरिने बैंकले जानकारी गराएको छ। हाल बैंकको १५३ वटा एटीएम, ५ हजार ५०० भन्दा बढी पीओएस तथा करिब ७०० ई–कमर्स मर्चेन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।