
बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रबर्द्धन कार्यमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था छ जसको प्रभावकारिता ज्यादै न्यून देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीले उक्त रकम दुरुपयोग गर्ने तथा सामान्य औपचारिकता मात्र पुरा गरेको देखिन्छ ।
– सहकारी तथा लघु वित्त कम्पनीहरुको देश भर व्यापक संजाल भएता पनि वित्तीय साक्षरता प्रबर्द्धनमा यसको भूमिका ज्यादै न्यून देखिन्छ।
– नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका बमोजिमका निर्देशनको पालना गरेको देखिदैन ।
– नेपाल सरकारको पन्ध्रौं आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजना, मौद्रिक नीति जस्ता आर्थिक योजनाहरुले वित्तीय साक्षरता वृद्धि सम्बन्धमा विभिन्न उद्देश्य तथा रणनीति लिएता पनि उपलब्धिमूलक हुन सकेको छैन ।
– नेपालमा वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीता मापनका स्पष्ट विधिहरु अहिलेसम्म विकास गरिसकिएको छैन ।
– वित्तीय साक्षरता कार्यक्रमको आयम धेरै फराकिलो रहेको हुँदा निरक्षर देखि दीक्षित बर्ग समेतका सबै व्यक्तिलाई समेट्न सक्ने गरि कार्यक्रम तर्जुमा हुन सकेका छैनन् ।
– नेपाल सरकार र वित्तीय स्वरूपको रूपमा रहेका नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग जस्ता विभिन्न संस्थाहरुको वित्तीय साक्षरता सम्बन्धि उद्देश्यमा भिन्नता देखिन्छ ।
-वित्तीय साक्षरता मापनमा पनि कठिनाइ रहेको छ । जस्तै गरिबी, अशिक्षा, सामाजिक तथा आर्थिक रुपले पिछडिएको अवस्था, भौगोलिक विकटता तथा विकासका पूर्वाधार उपलब्ध हुन नसक्नु ।



