रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्टबिन सौजन्य गरेको छ । बैंकले रुद्रमती सरोकार समाजले आयोजना गरेको फोहोरमुक्त सडक घोषणा कार्यक्रमलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
उक्त कार्यक्रमको उद्घाटन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापाले गरेका थिए । हाल बैंकले १७ वटा शाखाहरु मार्फत करिब ९ अर्ब निक्षेप संकलन र ७ अर्ब कर्जा लगानी गरेको छ । आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।



