August 2nd, 2022

बैंकका कर्मचारी चढेको माइक्रो बस दुर्घटना

 

बैंकिङ खबर/ नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ भोर्लेमा बैंकका कर्मचारी चढेको माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँसको झ्याङमा अड्केका कारण माइक्रो त्रिशुली नदीमा पुग्नबाट जोगिएको छ। बसमा मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेर धादिङतर्फ आउँदै थिए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सातजनाको अवस्था मध्यम र अरूको सामान्य रहेको छ। घाइतेहरूको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]