२०७३ आश्विन १२ गते

नेपाल इन्भेष्टमेन्ट बैंकले पुर्यायो आठ अर्ब पुँजी

Nepal-Investment-bank-5नेपाल इन्भेष्टमेन्ट बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याएको छ । बैंकले आफ्नो पुँजीवृद्धि योजना अनुसार २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकोमा मंगलबारको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको छ । बैंकले प्रेस विज्ञप्ती जारी गरेर चुक्ता पुँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ । 

बैंकले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । बोनस सेयरपछि नेपाल राष्ट्र बैंकद्वारा निर्धारित चुक्ता पुँजीको मापदण्ड पूरा गर्ने नेपाल इन्भेष्टमेण्ट पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको छ ।