सनराइज बैंक लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर एक सय ४० जना बालबालिकालाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना त्यहँँका बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरेको हो । उक्त सामाग्रीहरु बैंकका अध्यक्ष श्री मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यज्यू एवं कर्मचारीहरुले वितरण गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आई रहेको जानकारी गराए । साथै, यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिन पाएकोमा खुसी समेत व्यक्त गरे ।
नेपाल बाल संगठनका कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदैै आएको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । साथै, भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि अनुरोध समेत गरे ।



