July 17th, 2022

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ । आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् ।

सत्तारूढ दल नेपाल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]