Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटको एजेन्टमा फरवार्ड कम्युनिटी र काँक्रेविहार

admin २०७३ आश्विन १० गते
सेयर:

boomबुम रेमिट्यान्स प्रालिले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लि र काँके्रबिहार बिकास बैक लि लाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिष्णु मान श्रेष्ठ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था को तर्फबाट प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरीेले तथा काँके्रबिहार बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कर्ण बहादर सिन्जालीेले सोमबार हस्तक्षर गरे । 

सम्झौताअनुसार, अब, बुम रेमिट्मार्फत नेपालीले विदेश बाट पठाएको रकम फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था ले आफ्नो ७५ वटा शाखाहरु मार्फत भुक्तानी गर्नेछ र काँके्रबिहार बिकास बैकले पनि आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । 

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १७०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।