June 27th, 2022

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले शुक्रबार नगरपालिकाको वडा नम्बर २ स्थित श्री जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको रेग्मीले बताउनुभयो ।

शुक्रबार सम्पन्न कार्यक्रम मुख्य रुपले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु तथा अभिभावकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]