२०७९ असार ८ गते

स्मार्टच्वाइस टेक्नोलोजिज र मोरु डिजिटल वालेटबीच सम्झौता

बैंकिङ खबर/ स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाइस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरु डिजिटल वालेटबीच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सो सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्युआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत बिभिन्न व्यापार–व्यवसाय मा संलग्न व्यवसायीहरुले स्मार्ट क्युआरमार्फत भुक्तानी लिनलाई स्माट क्युआरको सुविधा लिन सक्नेछन् । 

उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले ईएमभी स्ट्यान्डर्डमा आधारित स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

मोरुकोे कार्यालयमा आयोजित कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्युआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको होे ।