Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैँकर्सहरुको शुभकामनाका साथ सुरु भयो वित्तिय साक्षरताका लागि बैँकिङ खबर

२०७२ फाल्गुन १८ गते

bankerवित्तिय सेवा विस्तार तथा वित्तिय साक्षरता अभिवृद्धिका लागि मंगलबारदेखि बैंकिङ खबर डटकमले आफ्नो यात्रा शुभारम्भ गरेको छ । शुभारम्भको अवसरमा बैंकर्सहरुले बैंकिङ खबर डटकमसंग शुभकामना साटेका छन् ।

कार्यक्रमको उद्घाट्न गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बैंकिङ जगतलाई पारदर्शी बनाउन र सर्बसाधारणको पहुँचसम्म सेवा प्रवाह गर्नको लागि बैंकिङ खबरले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । यसले बैंकहरुरसंग साक्षात्कार गरेर अघि बढ्नुपर्ने उनको जोड थियो । उद्घाटन समारोहमा डा. नेपालले बैकिङ खबर डटकमको साइटको अवलोकन समेत गरेका थिए ।  

त्यस्तै राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले ग्रामिण भेगका मानिसमा बचतको बानी बसाल्नको लागि बैंकिङ खबर डटकमले उदाहरणीय कार्य गरोस् भन्दै शुभकामना साटेका थिए । अर्थमन्त्रालयका वित्तिय महाशाखा प्रमुख सुर्य प्रसाद आचार्यले बैंकिंङ क्षेत्रको फाइदा र बेफाइदाबारे सर्बसाधारणलाई जानकारी दिनको लागि मिडियाको भूमिका प्रभावकारी रहेको भन्दै, बैंकिङ खबर डटकमले सबैलाई हित हुने गरि समाचार सम्प्रेषण गरोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बैँकिङ खबर डट कमको सफलताको कामना गर्दै वित्तिय साक्षरता बढाउनको लागि पत्रकार र मिडियाको भूमिका प्रभावकारी रहने भएकोले बैंकिङ खबर डटकमले निष्पक्ष समाचार सम्प्रेषणमा जोड दिनुपर्ने धारणा राखे । 

त्यसैगरी, शिक्षा मन्त्रालयका उपसचिव जिएस अर्यालले ग्रामीण भेगका मानिसहरुलाई पनि वित्तिय सेवाबारे जानकार बनाउन अनलाइन सेवाले उल्लेखनीय भूमिका खेलोस् भन्दै शुभकामना दिए । कार्यक्रममा, वित्तिय साक्षरताको अभियानमा सक्रिय इन्दिरा पन्तले बैँकिङ खबर डट कमले शैक्षिक संस्थाहरुसंग मिलेर वित्तिय साक्षरता बढाउन प्रमुख भूमिका खेल्नुपर्ने सुझाव दिइन् । लघुवित्त  विभागीय प्रमुख  विनोद आत्रेयले वित्तिय साक्षरता नीति अबलम्वन गर्दै सुचना सम्प्रेषण गर्नुपर्ने सुझाए । त्यस्तै सक्षम नेपालका वित्तिय साक्षरता प्रमुख विनोद ढकालले चार लाख विपन्न परिवारलाई वित्तिय पहुँचमा ल्याउन बैंकिङ खबर डटकमले प्रमुख भूमिका खेल्नुपर्ने बताउँदै सफलताको कामना समेत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकिङ खबर डटकमका प्रधान सम्पादक माधब निर्दोषले सर्बसाधारणको पहुँचसम्म पु¥याउने गरी बैंकहरुका आधिकारी सुचना र खबरहरु सम्प्रेषण गर्ने बताए ।