सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत पालुङ मैनादी – ३, पाल्पास्थित श्री प्रभात माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम सो विद्यालयद्वारा निकट भविष्यमा संचालन गर्न लागिएको कृषि प्राविधिक कार्यक्रमका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्नका लागि प्रदान गरिएको बैंकले जनाएको छ । सो सहयोग रकमको चेक बैंकका नायब महाप्रबन्धक शेर बहादुर बुढाथोकीले उक्त विद्यालयका सल्लाहकार समितिका अध्यक्ष दुल बहादुर कुँवरलाई बुधबार हस्तान्तरण गरेका हुन् ।


