
बैंकिङ खबर/ सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत चितवनको सौराहामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साथै, लम्जुङ शाखा कार्यलयमा पनि उक्त खालको कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जनमानसमा बीमाको महत्व, बीमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण विषयमा प्रशिक्षण दिनु भएकाे थियाे । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।
 
       
        
 
 
 
 
 
  
 
  
 
 