Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्वारा डा.हरिहरदेव पन्त स्मृति छात्रवृति वितरण

२०७९ बैशाख ६ गते

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूका छोरा र छोरीमध्येबाट प्रत्येक वर्ष १२ कक्षा उत्र्तीण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय अत्तरिया अन्तर्गत शाखा कार्यालय स्वास्थ्यचौकी, कञ्चनपुरले वि.स. २०७८ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरूका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रा गरी दुई जना विद्यार्थीहरूलाई एक समारोहका बीच डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ ।

शाखा कार्यालय स्वास्थ्यचौकीले छात्रतर्फ देउराली महिला समाज केन्द्र नं. १०७ की सदस्य गीता रोकायाकी छोरा अभिषेक रोकायालाई र छात्रातर्फ बिष्णुनगर महिला समाज केन्द्र नं. २६ की सदस्य पुष्पा देवी जोशीकी छोरी ज्योति जोशीलाई जनही रू.६ हजारका दरले कुल रकम १२ हजारसहित प्रमाण पत्र दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बीर बहादुर सुनार र नगर उपप्रमुख चिनी गिरी ओझाले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा शाखा प्रमुख जीत नारायण चौधरीले स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पु¥याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गर्नुभएकोे बताउनुभयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १८१ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरुलाई लघुवित्त सेवाप्रदान गरिरहेकोे छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान-राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान-राहात, सदस्यलाई पाठेघरको शल्यव्रिmया गरेको अवस्थामा आर्थिक अनुदान-राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ ।

साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको छ ।