मनास्लु विकास बैंक लिमिटेडले विहीबारदेखिचितवनको टाँडी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष विजय मल्लले शाखाको उद्धघाटन गरे । शाखाको उद्धघाटन गर्दै बैकका अध्यक्ष मल्लले गाँउगाँउसम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्दै आएको र यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै बैंकले वित्तिय सेवा प्रवाह गर्दै जाने बताए । बैंकले गत आर्थिक वर्षमा ६ करोड ९५ लाख ३३ हजार ५ सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।