२०७३ भाद्र २९ गते

प्रभु मनि ट्रान्स्फर र घोडीघोडा लघुवित्तबिच रेमिटेन्स सम्झौता

img_20160914_145532प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्नानारायण चौधरीले हस्ताक्षर गरे ।

कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको घोडाघोडी १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त हो । तत्कालका लागि उक्त लघुवित्तको प्रधानकार्यलय श्रीपुरबाट मात्रै प्रभु मनि ट्रान्सफमार्फत पठाइएको रेमिट्यान्स भुक्तानी हुने र आगामी दिनहरुमा क्रमैसंग कारोवार विस्तार गर्दै जाने लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानाकारी गराए ।