साना किसान विकास बैंकले नेपाल राष्ट्र बैंकमा आफ्नो पूँजी वृद्धि योजना पेश गरेको छ । बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनश बाँड्ने र चालु आर्थिक बर्षको नाफाबाट आगामी आर्थिक बर्षमा पनि २५ प्रतिशत नै बोनश बाड्ने योजना अघि सारेको छ ।
अहिले बैंकको ४० करोड २४ लाख रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट १० करोड रुपैयाँ बराबरको बोनश बाड्दा बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने र त्यसपछि अर्को बर्ष २५ प्रतिशत बोनस वितरण गरेपछि बैंकको पूँजी ६३ करोड रुपैयाँ पुग्नेछ । बैंकले हकप्रदमा नबिकेको १२ हजार ४४२ कित्ता शेयरको लिलमाीबाट कमाएको आम्दानीलाई समेत आगामी आर्थिक बर्षको प्रस्तावित बोनस शेयर गणनामा समावेश गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्ंथा नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार बैंकले पूँजी वृद्धि योजना सार्वजनिक गरेको जनाएको छ ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिबाट राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था गरेको राष्ट्र बैंकले यहि भाद्र मसान्तभित्र त्यस्ता संस्थालाई पूँजी वृद्धि पूँजी योजना बुझाउन निर्देशन दिएको थियो ।