२०७३ भाद्र २८ गते

सिटिजन्स बैंकलाई अन्तर्राष्ट्रिय सम्मान 

award-photoसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड Asia Banking, Financial Services & Insurance Excellence Awards 2016 द्वारा Best Bank in Public Sector (सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक) विधामा पुरस्कृत बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेस (World HRD Congress) को भव्य कार्यक्रमका बीच उक्त सम्मान प्रदान गरिएको हो । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरस्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

यस अघि पनि Institute of Chartered Accountants of Nepal द्वारा वितरित Best Presented Annual Report (BPA), 2015 Award बाट सिटिजन्सबैंक सम्मानित भएको थियो ।