Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्वारा डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउने कार्यक्रम संचालन

२०७८ माघ २९ गते

बैंकिङ खबर/ काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्रो त्रैमासमा आफ्ना कर्मचारीहरुको क्षमता तथा सीप बृद्धिको लागि विभिन्न तालिमहरु संचालन गरिरहेको छ । शनिवार संस्थाले सुदुरपश्चिम प्रदेशको अमरगढी उपप्रादेशिक कार्यालय माताहतका शाखाका कर्मचारीहरुलाई एक दिने क्षमता अभिबृद्धि तालिम डडेल्धुरा स्थित होटल राइनोमा सम्पन्न गरेको छ।

सुदुरपश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठ र अमरगढी उपप्रादेशिक कार्यालय प्रमुख तेजबहादुर खत्रीले सहजिकरण गरेको उक्त तालिममा हालको वित्तीय बजारमा रहेको समस्याहरुको बारेमा जानकारी गराउँदै यस्तो समयमा व्यवस्थित शाखा संचालनका उपायहरु, गुणस्तरीय कर्जा तथा केन्द्र व्यवस्थापन लगायतको विषयमा तालिम दिइएको हो ।

शाखा प्रमुख र लेखापालहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शाखाहरुको अर्धवार्षिक समीक्षासँगै नयाँ कार्ययोजनासमेत बनाएको उपप्रादेशिक कार्यालय अमरगढीका प्रमुख तेजबहादुर खत्रीले जानकारी गराए ।

संस्थाले यसअघि मधेश प्रदेशमा र प्रदेश नं. १ मा पनि कर्मचारीहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिसकेको छ । कर्मचारीहरु दक्ष र सक्षम भएमा मात्र संस्था बलियो हुने भएकोले संस्थाले कर्मचारीहरुको वृत्ती विकासलाई पहिलो प्रथमिकतामा राखि नियमित यस्ता कार्यक्रमहरु संचालन गरिरहने जनाएको छ ।