सेयर बजारको खासै अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम व्यहोर्न नचाहनेहरुका लागि नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सामुहिक लगानी कोष अन्तगर्त १ अर्ब रुपैयाँको इकाइ बिक्री गर्ने भएको छ ।
पहिलो योजनाको सफलतापछि नबिल म्युचुअल फण्डले दोस्रो योजनास्वरुप नबिल ईक्विटी फण्ड बजारमा ल्याउन लागेको हो । ७ वर्षे अवधि रहेको यो योजनामा इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् ।
कम्पनीले निष्काशन गर्ने प्रतिकित्ता १० रुपैयाँ अंकित दरका इकाइमा सर्वसाधारणले असोज २ गतेदेखि ६ गतेसम्म लगानी गर्न पाउने छन् ।
आवेदन फारमका लागि सर्वसाधारणले नबिल बैंकका शाखाहरु र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौरमा सम्पर्क गरी फारम बुझाउन सक्नेछन् ।
धेरै अमाउन्टको लगानी गर्न नसक्ने सर्वसाधारणका लागि यस्तो सामुहिक लगानी कोषका इकाइहरुमा लगानी गर्नु उपयुक्त मानिन्छ ।