January 16th, 2022

लघुवित्तले उद्यमशिलतामा महत्वपूर्ण भूमिका खेलेका छन् : भगवती चौधरी

नेपालको लघुवित्त क्षेत्रकी एक हस्ती हुन् भगवती चौधरी । नेकपा एमालेकी नेतृ एवं पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरीले लघुवित्त क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्। विशेषगरी विकास र समृद्धि अनि आमनागरिकको आर्थिक उन्नतीका लागि उनको महत्वपूर्ण योगदान रहँदै आएको छ।

लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहोर्याएकी उनी हाल फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्षसमेत हुन् । अहिले लघुवित्तले ग्रामीण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर पनि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयको नीतिले लघुवित्तलाई त्यति धेरै महत्व नदिएको गुनासोहरु पनि आउने गरेका छन् ।

यसै विषयवस्तुमा केन्द्रित रहेर हामीले उनै चौधरीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, चौधरीसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीति, अर्थ मन्त्रालयको नीतिले लघुवित्तलाई त्यति धेरै महत्व दिएको पाईंदैन । तपाईंको यसमा कस्तो खालको दृष्टिकोण छ ?

विगतमा दुरदराजमा रहेको संघसंस्थाले पनि कुनाकाप्चामा रहेका विपन्न समुदायको घरपरिवार वा समुदायलाई वित्तीय पहुँच पुर्याउने भनेरै‘वित्तीय मध्यस्थता ऐन २०५५’ ल्याइएको थियो । त्यही ऐन लगतै केहीसंघसंस्थाहरुले वित्तीय मध्यस्थता ऐन अनुसार लाइसेन्स लिँदै एनजीओबाटै काम गरेको अवस्था थियो । तत्कालिन समयमा डा. हरिहरदेव पन्त जो राष्ट्र बैंकमा हुनुहुन्थ्यो । उहाँले नै यस विषयमा पहल गर्नुभएको थियो । त्यो ऐनले करिब ३७ वटा संस्थालाई काम गर्न दियो । कोही काम गर्न सक्ने भए भने कोही काम गर्न नसक्ने भए।

अन्त्यमा २०-२५ वटा संस्थाले मात्र काम गर्न सक्ने अवस्थामाआइपुग्यो । नेपाल राष्ट्र बैंकले २०३७ सालसम्म यसलाई ‘डि क्लास’का रुपमा छुट्याइदियो । यसले विपन्न वर्गको कर्जालाई प्रवाह गर्ने भयो । जसलाई फाइनान्स कम्पनी भन्ने भयो ।

राष्ट्र बैंकको ऐन अनुसार नै संस्थाहरु ट्रान्सफर हुँदै गए । संस्थाहरुले दोहोरो काम गर्न सक्ने भए । वित्तीय पहुँचको काम गराउँदा केही थोरै नाफा लिनुपर्ने, नाफामुलक र गैरनाफामुलकमा बैंक बाझिने भएकाले लघुवित्तलाई राष्ट्र बैंकले पूर्णरुपमा ‘डि क्लास बैंक’ मा काम गर्न निर्देशन दियो । वि.सं.२०६९ मै कम्पनी ऐनबाट कम्पनी तयार पारेर ग्रामीण महिलाको २५ प्रतिशत, एभरेष्ट बैंकको २५ प्रतिशत, आरएमडिसिको १० प्रतिशत र पब्लिक प्रमोटरहरुको १० प्रतिशत गरी ७० प्रतिशत बनाएर हामीले ६९ सेप्टेम्बर १२/१३ तिर कम्पनी दर्ता गर्यौं । ०६९ को अन्त्यमा यसलाई राष्ट्र बैंकले वित्तीय मध्यस्थता होइनकि ‘डि क्लास बैंक’ भनेरइजाजत दियो । २०७० साल जेठ ३ गते तत्कालिन गभर्नर युवराज खतिवडाबाट उद्घाटन भयो ।

लघुवित्तमा धेरै महिलाहरु अगाडि बढिरहेका छन् । लघुवित्तमा कर्जा लिएर उद्यमी बनेका मान्छेहरुको संख्या लगभग कस्तो खालको देख्नुहुन्छ ?

वि.सं.२०५० सालमा हामीले गाउँगाउँमा पुगेर एउटा सर्भे गरेका थियौं । त्यो बेलागरिब विपन्नका घरहरु झुपडीबढी देखिन्थे । अहिलेत्यो परिवर्तन भएको छ। म ती सबै परिवर्तन लघुवित्तले मात्रै भयो भनेर त भन्दिनँ । तरपनि लघुवित्तले गाउँघरमा धेरै काम गरेको छ । पैसाको एक्सिस पुर्याइदिएको छ ।लघुवित्तकै कारण कोही खेती किसानीमा राम्रो गरिरहेका छन् । कोहीव्यापारिक ढंगले विक्रीवितरण गर्ने गरेको अवस्था छ ।कोही तरकारी खेती गर्ने गरेको पाइन्छ भने कोही व्यवसायिक हिसाबले कृषि उत्पादनमालागेको अवस्था छ ।

साना-साना व्यवसायहरु जस्तै बिस्कुट फ्याक्ट्री, कोही त्यहाँको खाजा, भुजा तयार गर्ने व्यापार व्यवसायतिर लागेको अवस्था छ । लुघवित्तले ग्रामीण भेगमापैसाको सुलभबनाएको छ । २०५० सालमा विपन्न समुदाय, मुसहर समुदाय, झागडी र थारुहरुको पनि त्यो अवस्था थियो । अहिले हेर्न जाँदा घरमा जस्ताको पाता लगाएको अवस्था छ । ईंटाको घर बनाएका छन् । केही परिवर्तन भएको छ । मान्छेको जीवन, बसाई, उनीहरुको छोराछोरीको अध्ययन अध्यापनमा धेरै परिवर्तन भएको अवस्था छ ।

कतिपय ठाउँमा लघुवित्तबाट कर्जा लगेर पैसा तिर्न नसक्ने वा कर्जाको दुरुपयोग गर्ने गरेको अवस्था छ । लघुवित्तको बारेमा नेगेटिभ कुरा गरेको पनि हामी सुन्छौं । कर्जालाई सहि ढंगले सदुपयोग गर्न नजानेका व्यक्ति नै असफल हुने हुन् ?

यसमा कर्जा लैजाने व्यक्तिमा भरपर्छ। ५० प्रतिशत सम्पत्ति जोड्ने, सामाजिक काम गर्ने, पढाइमा खर्च गर्नुहुन्छ भने ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगाउनु पर्छ। त्यो उत्पादनमा जोडेर कुनै न कुनै रुपमा त्यो पैसा तिर्न सक्नुपर्छ भनेर हामी भन्छौं।

स्टेप–स्टेप बुझाइसकेपछि फेरि आधा सम्पत्ति जोड्ने, आधा पैसालाई फेरि व्यवसायमा लगाउनु पर्छ। हामीले तालिम दिँदा पनि यो तपाईंको पुँजी हो । पुँजीलाई‘खुजी’ गर्नुपर्छ अर्थात् चलाइ रहनुपर्छ भनेर भन्दै आएका छौं। त्यो पैसा चलाइएन भने ऋण हो । यसलाई आधा तपाईं सम्पत्ति जोड्नेतिर लाग्नुस् भनेर भन्छौं । मानौं पाँच/पाँच लाखको दरले कर्जा लियो । एउटा गरिब विपन्नले १२/१३ लाखको सम्पत्तिजोड्छ । जग्गा जमिन १/२ कठ्ठा होला,बेसिक औषधि उपचार, छोराछोरी पढाउभनेर पैसा हामी दिन्छौँ।

अहिले लघुवित्त हुँदैनथ्यो भने गाउँका मान्छेलाई उद्यमशिलतातिर लाग्न समस्या पर्थ्याे जस्तो लाग्छ ?

लघुवित्तले छिटो गर्दिएको छ ।किनकी कोअपरेटिभहरु अलि पहिलेदेखि नै आएका हुन् । कोअपरेटिभ ऐन २०४८ नेपालमा पहिलेदेखि नै थियो ।यो पनि धेरै गाउँ घरमै रहेको छरिएको पुँजीलाई एकीकृत गर्दै सदस्यलाई प्राथमिकतामा राखेर अथवा उसले गरिआएको व्यवसायलाई प्राथमिकतामा राखेर, त्यसलाई व्यवसायीक बनाउने अन्य विभिन्न काम गराउने भनेर कोअपरेटिभले गरेको थियो। कोअपरेटिभमा थ्रेड हुने भयो ।

अहिले पनि हामी सुन्छौं कोअपरेटिभमा अध्यक्ष, सदस्य मिलेर जनताको पैसा उठायो,भाग्यो भनेर । त्यो भाग्ने काम लघुवित्तबाट हुँदैन । लघुवित्तलाई डाइरेक्ट मनिटरिङ राष्ट्र बैंकले गरेको हुन्छ। जुन राम्रो पनि हो र गर्नुपर्छ । सहकारीले गर्दै आएको कामबाट तल्लो तहसम्म पैसा गएपनि त्यो पैसालाई त्यति सदुपयोग गरेको देखिँदैन। अहिले लघुवित्त बैंक छ, लघुवित्त बैंकले एक व्यक्तिलाई १५ देखि २५ लाखसम्म विना धितो ऋण दिएको छ ।

सरकारले पनि २५ लाखसम्म विद्यार्थीलाई विना धितो ऋण दिने भन्यो। अन्यलाई पनि दिने भन्यो । त्यस हिसावले लघुवित्तले पनि २५ लाखसम्म विना धितो ऋण दिएको छ । १५ लाखसम्म जेनरल्ली ऋण लिएका छन् । ४५ लाखभन्दा बढी लघुवित्तमा महिलाहरु रहेका छन्। ४५ लाखले एभरेजमा१० लाखको दरले लिए भने ४४ अर्ब पैसा कहाँ गए भन्दा गाउँ घरमा गए । विपन्न परिवारमा गए ।

लघुवित्त अरुलाई पनि सेवा दिने र आफू पनि बेनिफिट हुने संस्था भएको हुनाले लगानीको भोल्युम तल तल पुगेको अवस्था छ। तल बस्ने गरिब विपन्नलाई अलि सहज भएको छ। धितो राखेर भएपनिएक महिना, दुई महिना कमर्सियल बैंकबाट ऋण पाउने नीति हो। त्यो झण्झटबाट मुक्त भएको अवस्था छ ।

एक दुई हप्तामा फाइनान्सियल लिट्रेसीका कुराहरु सिक्छन्। बचत गर्दा के पाउनहुन्छ । ऋण लिँदा कसरी तिर्ने, कसरी पाउने त्यो सम्बन्धी ४-५ दिनको तालिम पाउनुहुन्छ । त्यो लिइसकेपछि पैसा पाइहाल्यो । त्यसकारण यो छिटो र सरल छ।

नेपालको समग्र लघुवित्तमा कति जतिले रोजगारी पाएका छन् ?, लघुवित्तबाट उद्यमी बन्ने कुन आधारबाट अगाडि बढिरहेका छन् ?

संस्थाहरुले विना धितो पाँच लाखसम्म ऋण पनि दिइरहेका छन्। पाँच लाख विना धितो ऋण लिएर धितो कर्जाहरु दिइरहेको छ । त्यसलाई लघुउद्यममै जोडेका छन्। हामी फरवार्ड माइक्रोफाइनान्सको कुरा गर्दा २२ प्रतिशत लघुउद्यमीहरुलाई दिएका छौं ।

२ लाख ६९ हजार सदस्य छन् । २२ प्रतिशत एसएमी बनिसकेका छन् । त्यस्ता दिदीबहिनीहरुले २/३ जनालाई रोजगार दिएका छन् । फेमेली मेम्बर, फेमेली विजनेश जस्तो चलाइराखेका छन् ।

फरवार्ड लघुवित्त छोटो समयमा तपाईंको नेतृत्वमा धेरै एक्टिभ भएर आयो। राम्रोसँग चलिरहेको छ। नेतृत्व तहमा हरेक व्यक्तिलाई उत्साहित बनाएर अगाडि बढिरहनुभएको छ। फरवाडकै बारेमा बोल्दा कसरी यस्तो एक्सेस बनाउनुभयो ?

फरवार्ड २०५९ सालमा एनजिओबाट वित्तीय मध्यस्थताबाट शुरु भएको संस्था हो। त्यतिबेला चार जना स्टाफथियौँ । फरवार्ड एनजिओले बचत गराउँथ्यो । २९ सय सदस्यहरुलाई एकैचोटीसहभागि गराएर त्यसबेलादेखि नै यसले काम शुरु गरेको हो ।

१० वर्षयता २०६९ मा हामीले डि क्लासमा ट्रान्सफर गर्यौं । ट्रान्सफर गर्दा हाम्रा लगभग ९६ हजारसदस्य थिए । पौने दुई अर्बको लगानी थियो । त्यो लगानी पनि ट्रान्सफर गर्यौं । हामी नाफामै थियौं । हाम्रो त्यतिबेला २७ वटा ब्रान्च थियो । अहिले हाम्रो १ सय६५ बढी ब्रान्चहरु छन् । एरिया अफिस छन् ।सात वटा प्रदेशमा अफिस वाइजको म्यानेजरहरु हुनुहुन्छ। त्यही अनुसार त्यसबैंकको अण्डरमा एउटा प्रदेशमा ७/८ वटा शाखाहरु रहेका छन् । सुनसरीमा त्यो भन्दा बढी छ।

हजुरको नेतृत्वमा सामाजिक संस्था, त्यसपछि व्यवसायिक ग्रुप गरीकति जतिलाई रोजगारी दिनुभएको छ ?

अहिले १२/१३ सय जतिले रोजगारी पाएका छन् । माइक्रोफाइनान्सले अलि बढी रोजगारी दिएको छ। ८/९ सय जना एनजिओ, सहकारीमा, मार्केटमा १४ देखि १६ सय जतिले रोजगारी पाएका छन् ।

फरवार्ड सुपरमार्केट पनि शुभारम्भ गर्नुभएको छ, यसका बारेमा केही भन्दिनु न ?

फरवार्ड सुपरमार्केट पैसा कमाउने ध्येय भन्दा पनि आफ्ना सदस्यहरुलाई एउटा बजारी कल्चर, उसले उत्पादन गरेको प्रोडक्टहरुबेच्न पाओस् भनेर स्थापना गरेका हौं। यो कलेक्सन सेन्टरजस्तो हो। फरवार्डमै दियो भने पनि त्यसलाई अलिकति हामीले रिफाइन गरेर प्याकिङ गरेर बजारमा बेचिदिऊ भन्ने हो। क्लाइन्टहरुले पनि अर्गानिक खान पाए। अर्को एउटै बजारको सिस्टम हुने भयो। मोरङ, सुनसरीका २०३० हजार ग्राहकहरुलाई हामीले तार्गेट गरेका छौं।

हामीले आफ्ना ग्राहकलाई कार्डको व्यवस्था गरेका छौं। जसले उनीहरुले सर्वसुलभरुपमा सामानहरु पाउनेछन्। अर्को माइक्रोफाइनान्सको पनि ग्राहक आइदियो भने कार्डहरु उपलव्ध गराउँछौं। त्यसमा ५ देखि १० प्रतिशत छुट पाउँछन् । अहिले ५८ जनाले रोजगार पाएका छन् । त्यहाँ थपिँदै गएका छन् । यो मार्टका हामीले २०/३० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएका छौं । सिँधै आफ्नै बजारमा सामान आउँछ । प्रत्यक्ष उत्पादनकर्ताले बेनिफिट पाउँछन् । उनीहरुउत्पादन गर्न उत्साहित हुन्छन् ।

सामाजिक क्षेत्रमा हजुरको योगदान उत्तिकै छ। उद्यमशिलतामा हजुरको लामो इतिहास छ, नेपालका राजनीति नेतृत्वले अर्थतन्त्र नै नबुझेको अवस्था पनि छ। राजनीति र अर्थतन्त्रलाई, व्यवसायिक क्षेत्रलाई कसरी बुझ्न भएको छ ?

राजनीति पनि सामाजिक काम हो। राजनीतिले समुदायलाई उत्थान र विकास गर्ने गरेका छन्। राजनीति ‘ब्रोड सेन्स’ हो। भारतमा विकासको मोडल ‘प्रोभिन्सवाइज’ छ । हामीले पनि त्यही मोडलमा विकास अगाडि बढाउन आवश्यक छ ।

आर्थिक क्षेत्रमा बुझ्दा जुन प्रोभिन्सले रेभिन्यु जेनेरेट गर्न सक्दैन। रेभिन्यु सम्बन्धी नयाँ–नयाँ स्टाटिजी, नयाँ–नयाँ कार्यक्रम ल्याउन सक्दैन भने त्यो जोनको विकास हुन सक्दैन ।

केन्द्रको बजेटभन्दा पनि प्रोभिन्सले नै टुरिजममा यति लगानी गर्ने, विकासमा यति लगानी गर्ने भन्नेतिर जानुपर्छ । अहिले पार्टीहरुमा परम्परागत ‘ट्रेडिसन टाइप’ को लिडरसिप छ । तथापी भिजनवेल व्यक्तिलाई प्रोमोट गर्न सक्यो भने अवसर दियो भने फरक ढंगले काम गर्न सक्छन्।

राजनीतिक नेतृत्व तहले यो भिजनलाई बोक्न नसक्दासमृद्धि ढिलो र सुस्त गतिमा नेपाल अगाडि बढेको पाइन्छ। यस्तो राजनीतिबाट नागरिकले यस्तो खालको अपेक्षा पनि गर्न सकेका छैनन्। त्यो टाइपको नेतृत्व तहमा तपाईं अग्रसर नहुनुका कारण के हुन् ? एमालेको नेतृत्व तहमा हजुरको पनि सहभागिता छ। कुनै पनि राजनीति पार्टीले यो खालको भिजन बोकेको देख्नु भएको छ ?

हामीले भन्छाैँ कांग्रेसभन्दा एमाले छरितो। कांग्रेसहरुले पनि एमालेभन्दा हामी राम्रो भनेर भन्छन् । आ–आफ्नो पार्टीको आफ्नो घोषणापत्र छ । आइडोलोजी छ । तर पनि एमाले दर्शन बोकेको पार्टी हो । एमालेभित्र पनि केही नराम्रो तत्वहरु छिर्न थालेका छन् ।

जुन हिजोको डिसिप्लिन थियो, अहिले छैन । अहिले घुम्ने र घुमाउनेहरु बढीरहेका छन् । वरिपरि घुम्नेहरुले पनि चान्स पाएका छन् । भिजन, कार्यक्रम, दर्शन विचारहरु पनि वरपर गरेर घुम्ने र घुमाउनेहरुको त्यहाँ हाबी हुन थालेका छन् । त्यो गलत प्रविधि हो ।

हजुरको आगामी दिनको योजना के छन्?

म काम गर्ने शैलीमा काम गरिरहेको छु। संघसंस्थामार्फत पनि गरिरहेको छु। लघुवित्तको अध्यक्ष मात्रै हुँ । त्यहाँको कार्यकारी व्यवस्थापन सिइओहरु हुनुहुन्छ । समय समयमा गाइड गर्ने, पोलिसिमा फोकस गर्ने गरेको छु । रिक्स जोनहरुलाई बढी समात्नुपर्ने र अस्वस्थ्य प्रतिस्पर्धा हुनु भएन भन्ने हो । उत्पादनमा जोडाएर वृहत्तर गरेकार भाका नाघेका रिक्स जोनहरुलाई फोकस गराउने, त्यसमा लविङ गराइदिने । एम्जुकेटिभ म्यानेजमेन्टलाई पटक–पटक ध्यानाकर्षण गराउने काम गरिरहेको छु।

कहिलेकाहिँ लघुवित्तमा रहिरहेको भए सोसल पोल्टिक्स नगरेको भए अझै बढी काम गर्थेँ की जस्तो लाग्छ। फरवार्ड नम्बर वानमै आउँथ्यो की जस्तो पनि लाग्छ। जुन तरिकाले गरे पनि फरवार्ड अहिले सन्तुष्टिजनक नै छ ।