
बैंकिङ खबर।
सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
यो खातामा उच्च ब्याजका साथै विदेशबाट नेपालमा पैसा पठाउने प्रक्रिया सजिलो रहेको बैंकको भनाइ छ ।
बैंकले हाल १३९ शाखा, १२ एक्सटेन्सन काउन्टर, १५७ एटीएम र ८३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।